Logo
Logo

एमाले बागमती प्रदेश कमिटीका सदस्य सिलवाल एकीकृत समाजवादीमा प्रवेश


31.3k
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमाले ललितपुरका पूर्वअध्यक्ष समेत रहेका सिलवाललाई बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा एक कार्यक्रमको आयोजना गरि सिलवाललाई पार्टी प्रवेश गराइएको समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमिल्सिनाले जनाएका छन् ।

सिलवाललाई अध्यक्ष नेपालका साथै समाजवादीका केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरलगायतका नेताहरूले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्