Logo
Logo

महामारीको मौकामा काठ तस्करी, सुरक्षाकर्मीको मिलेमतो




बाँके । कोरोना महामारीको मौका छोपी बाँकेका सामुदायिक वनबाट काठको चोरी तस्करी बढेको छ । सुरक्षाकर्मी समेतको मिलेमतोमा यस्तो तस्करी सुरु भएको हो ।

This combo image shows the logos of Nepal Police (left) and Armed Police Force of Nepal. Image: THT


बाँकेको नरैनापुर गाउँपालिका १ सुईयास्थित किसान सामुदायिक वनबाट तस्करी चोरी तस्करी भइरहेको छ । उपभोक्ता समितिका अध्यक्ष प्रमोद मिश्र समेतको मिलेमतोमा सालका रुख काटेर भारततर्फ तस्करी भइरहेको एक स्थानीयले जानकारी दिए ।


केही भने भारतबाट काठ तस्करी गर्दै आएका छन् । नरैनापुर ३ गेगली निवासी अब्दुल खाँको समूहले सीमा क्षेत्रको भारतीय वनबाट सिसनको काठ तस्करी गर्दै आएका छन् । उनीहरुले नरैनापुर ४ स्थित रमानान्द शर्मा र नरैनापुर ५ स्थित गफुर शाहले सञ्चालन गरेको आरा मिलमा बिक्रि गर्दै आएका छन् । सव डिभिजन वन कार्यालय गंगापुरका कर्मचारी र सुरक्षाकर्मीसँगको मिलेमतोमा यस्तो तस्करी हुन थालेको हो । मिलेमतो भएकाले वनका कर्मचारी र सुरक्षाकर्मीले चेकजाँच कमजोर बनाएका छन् ।


डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददीलाल कँडेलको समेत जिल्लामा हुने काठ तस्करीमा मिलेमतो रहेको स्थानीय बताउँछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको पनि यसमा मिलेमतो रहेको स्रोत बताउँछ । वनपैदावार जडिबुटी तस्करी गर्न समेत पछिल्लो समय सेटिङ मिलाउने काम भइरहेको छ ।


राप्ती सोनारी गाउँपालिकामा पनि अवैध धन्दा फस्टाएको छ । राप्ती सोनारी प्रोसेसिङ प्राली र जयसूर्याले अधिक मात्र बालुवा लगायत प्राकृतिक स्रोतको दोहन गरिरहेका छन् । क्रसर व्यवसायी हसिव खान लगायतको मिलेमतोमा वालुवा तथा काठको तस्करी भइरहेको छ । कोरोना महामारीको मौका छोपेर यस्तो अवैध गतिविधि बढेपनि प्रमुख जिल्ला अधिकारीले यसमा चासो दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्