Logo
Logo

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । शुक्रबारका लागि बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

Sher Bahadur Deuba

कोरोना संक्रमण जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने जनाइएको छ । कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधाअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्