Logo
Logo

माघ १७ गते बोलाइयो राष्ट्रियसभा बैठक



काठमाडौं । राष्ट्रियसभाको बैठक १७ माघका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका हुन् । यस्तै, प्रतिनिधिसभाको बैठक माघ १६ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्