Logo
Logo

कीर्तिपुर नगरपालिका भवनमा एक षुरुष मृत भेटिए



काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार बिहीबार बिहान कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् । उनी कीर्तिपुर नगरपालिका–१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए ।

एक महिनादेखि उनी त्यहीँ भवनको पाँचौ तलामा बस्दै आएको प्रहरीले जनाएको छ । विगत एक महिनादेखि ठेकेदारमार्फत काम गर्दै आएका खत्री सोही भवनमा बस्दै आएका थिए ।

बिहीबार बिहान अरू साथीले उनलाई उठाउन खोजेका थिए । तर उनी अबेरसम्म पनि नउठेपछि प्रहरीलाई बोलाएका थिए । प्रहरीलाई बोलाएर भेन्टिलेटर काटेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्