Logo
Logo

रुस र युक्रेनबीच युद्ध सुरु भइसक्यो भनेर कसरी थाहा हुन्छ ?


बिबिसी


काठमाडौं । पछिल्लो केही सातायता संसारभरीको ध्यान रुस र युक्रेनमा छ । हाल युक्रेनको विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको धारणा के छ भन्नेमा सबैले चासोका साथ हेरिरहेका छन् ।

अमेरिकाले युक्रेनबाट आफ्नो दूतावासका कर्मचारीलाई बाहिर निकाल्न थालेपछि अझ रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छन् आशंका बढेको छ । तर, रक्षा विशेषज्ञ जोनाथन मार्कसले भने संघर्ष पहिले नै सुरु भइसकेको पनि हुनसक्छ भन्ने आशंका व्यक्त गरे ।

तस्बिर/एपी

चारैतिर रुस र युक्रेनबीच युद्ध सुरु हुने खतराको चर्चा छ । सबैतिर रुसले हमला गर्ला त भन्ने प्रश्न यथावत् छन् । के राष्ट्रपति भ्लादिमिर पुटिन हरेक मूल्यमा युद्ध चाहन्छन् त वा कुटनीतिक बाटो अपनाएर शान्तिसम्म पुग्न सकिन्छ ? तर, रुसका राष्ट्रपति पुटिनको दिमाग कसैले पनि पढ्न सक्दैन ।

त्यसो भए यहाँ अर्को एउटा प्रश्न के निम्तिन्छ भने रुस र युक्रेनबीच युद्ध सुरु भइसकेको छ भनेर कसरी थाहा हुन्छ ? यसैबेला युक्रेनको सीमा पार गर्दै रुसका ट्यांक वा ठूला परिमाणमा युक्रेनको भूभागमा रुसी हवाई हमलाले संकट बढिसकेको र संघर्ष अब नयाँ चरणमा पुग्नसक्ने दर्साउँछ ।

कुनै शंका छैन युद्ध सुरु भएको पहिलो अलर्ट युक्रेनी सेनाको तर्फबाट नै आउनेछ तर पश्चिमी देशका स्याटलाइट र गोप्य सूचना जम्मा गर्ने एयरक्राफ्ट पनि एक भीषण हमलाको तयारीबारे राम्रोसँग जानकारी दिनसक्छ । अमेरिकास्थित सेन्टर फर नेवल एनालिसिसमा रुसी सेनाका विशेषज्ञ माइकल कोफम्यानले भोलिका समयमा हमलाको स्पष्ट संकेत देख्न पाइने बताएका छन् ।
युद्ध सुरु भइसकेको छ भनेर कसरी थाहा पाउने त भनेर सोधिएको प्रश्नमा माइकल भन्छन्, ‘पहिलो संकेत सैनिकको संख्यामा वृद्धि हुनेछ । हाल सीमामा सैन्यबलको साटो भारी उपकरण तैनाथ गरिएका छन् ।

यसबाहेक अन्य संकेत सैन्य बल चारैतिर फैलिनु, सहायक उपकरणको प्रवाह, फिक्स्ड विङ्ग र रोटरी एभिएसनमा परिवर्तनलगायतका कुरा हुनसक्छन् ।’ तर यो प्रश्नको जवाफ अन्य तरिकाले पनि दिन सकिन्छ । र यसका लागि हामीले युक्रेनविरुद्ध रुसी अभियानलाई पूर्ण रुपमा हेर्न आवश्यक छ ।

हामीले मस्कोसँग उपलब्ध टुलकिट हेर्नुपर्छ र यसको प्रयोग कसरी गरिँदैछ भनेर आँकलन गर्नुपर्नेछ । र त्यसपछि जब तपाईंले हामीलाई संघर्ष सुरु भइसकेको छ भनेर कसरी थाहा हुन्छ भनेर सोध्नुहुन्छ भने यसको जवाफ हुनसक्छ कि यो पहिले नै सुरु भइसकेको छ । यी दुई देशबीच दुश्मनी पछिल्लो थुप्रै वर्षदेखि चलिरहेको छ ।

रुसले पहिला नै युक्रेनको हिस्सा रहेको क्रिमियामाथि कब्जा जमाइसकेको छ । यसबाहेक रुसले डोनबास क्षेत्रमा कीव विरोधी विद्रोहीलाई सहायत पनि प्रदान गर्छ ।

वास्तवमा सन् २०१४ मा युक्रेनी सेनाविरुद्ध रुसले पठाएको बख्तरबन्द र मशिनिकृत इकाईले नै रुस समर्थक कीव विद्रोहीलाई हार्नबाट जोगाएको थियो । त्यति बेलादेखि नै छिटपुट लडाईं जारी छ । त्यहाँ सबै पक्ष एउटा अन्तरराष्ट्रिय शान्ति प्रयासलाई समर्थन गर्ने मान्यता राख्छन् । तर यो दिशामा निकै कम प्रगति भएको छ । यो सैन्य दबाबबाहेक भारी संख्यामा सैन्य बलको तैनाथीको पनि खतरा छ ।

युक्रेनको सीमा वरिपरि रुसी लडाकू फर्मेशनको निर्माण असाधारण हो । यसमा बेलारुसमा सैनिकको महत्वपूर्ण तैनाथी पनि समावेश छ । बेलारुसको सीमा पनि युक्रेनसँग जोडिन्छ । यो युक्रेनको राजधानी कीवको तर्फबाट हमलाका लागि एक नजिकको बिन्दु बन्न सक्छ ।

युक्रेनको सीमा नजिकै रुसी सैनिकलाई जुन भारी संख्यामा तैनाथ गरिएको छ, त्यो असाधारण हो । बेलारुसमा पनि भारी संख्यामा सेना तैनाथ छन् जसको सीमा युक्रेनसँग जोडिन्छ । हमला गर्ने मनसाय भएपछि त्यहाँबाट युक्रेनको राजधानी कीवमा हमला गर्न सहज हुनसक्छ ।

आसपासको देशमा सीमामा सैन्य बल तैनाथीलाई रुसी प्रवक्ता एक सामान्य अभ्यास बताउँछन् र यो कसैलाई चेतावनी दिनका लागि नगरिएको बताउँछन् । तर जुन परिमाणमा त्यहाँ सैन्य टुकडी तैनाथ गरिएको छ र जसरी उनीहरुलाई सहायता पुर्याइँदै छ, त्यसबाट थाहा हुन्छ कि यो नियमित युद्धाभ्यासभन्दा अत्याधिक धेरै हो ।

विश्लेषकले उपग्रह तस्बिरमार्फत् यी सैन्य बलमाथि निगरानी बढाइरहेका छन् । इन्टरनेटमा भएका मोबाइलबाट बनाइएका थुप्रै भिडियोमा युक्रेन वा बेलारुसको तर्फबाट उपकरणमार्फत् भारी ट्रेनो देख्न सकिन्छ । सोस मिडियामा पोस्ट भइरहेका सामग्रीको आँकलन र सीमामा भारी मात्रामा पुगिरहेका सैन्य सामग्रीले यो अनुमान लगाउन सकिन्छ कि त्यहाँ के चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्