Logo
Logo

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ ।

५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गर्दै जाहेरी दिएका हुन् । कर्णले हुलाकमार्फत् जाहेरी दिएका हुन्।

मन्त्री यादवविरुद्ध फौजदारी अपराध संहिता २०७४ को दफा ४९ को उपदफा (४) अनुसारको कसूरमा छानबिन गरी हदैसम्मको सजाय गरिनुपर्ने कर्णले मागदाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्