Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटघाट भएको छ ।

आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

नियमित भेटघाट कार्यक्रम अनुसार राष्ट्रपति र प्रधानमन्त्री बीच कुराकानी भएको बताइएको छ ।

स्थानीय चुनाव कहिले गर्ने भन्ने बारेमा सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ संविधानसँग बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्षमा सत्तागठबन्धनका नेता पुगेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच के–के विषयमा कुराकानी भएको भन्ने बारेमा खुलाइएको छैन् । यसैबीच प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसंग समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्