Logo
Logo

मेटमणी चौधरीको दावी- एमालेले अब कहिल्यै चुनाव जित्दैन


1.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता चौधरीले राष्ट्रियसभा निर्वाचनको हार एमालेको हारको सुरुवात भएको बताएका हुन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभाको निर्वाचनमा एमालेले एक सिट मात्रै जितेको थियो भने सत्तारुढ गठबन्धनले १८ सिट हात परेको थियो ।

राष्ट्रियसभाको हारको लाज छोप्न केपी ओलीका चाकरहरुले पाँच दलीय गठबन्धनकाविरुद्द अनेक अफवाह मच्चाइरहेको उनको भनाइ छ । उनले भनेका छन्– , ‘याद होस् दास/दासीहरूलाई- चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो । चाहे एक्लै होस् या मिलीजुली । मिलेरैरमिलाएरै जित्ने हो । एकलकाँटे तिमीहरू बरू सोँच । हामी किन कसैसँग मिल्न सकेको छैनौं ? हामी दैनिकजस्तो किन एक्लिरहेका छौँ । सरकारको नेतृत्वबाट प्रतिपक्षीको भूमिकामा कसरी झर्न पुगिम के यो विषयमा कहिले सिंहावलोकन गरेका छौँ ? तिम्रा यिनै घमन्डको कारण आज बिचरा भएका छौँ ।’

त्यस्तै उनले एमालेका नेताहरुलाई दासको संज्ञा समेत दिएका छन् ।‘दासहरूले के पनि भुल्नुहुँदैन भने- २०७४ सालको चुनावमा माओवादीसँग चुनावी एकता गरेको कुरा, झापामा राप्रपालाई उम्मेदवारीमा सघाएको र त्यसबापत मत पाएको, धनुषामा राजेन्द्र महतोलाई मत बेची अरू ठाँउबाट असुली गरेको, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा गैर एमालेका नेताहरूलाई सूर्य चिन्ह दिएर अरू निर्वाचन क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका ! उक्त सबै कार्य तिमीले बा भनेका खड्गप्रसाद ओलीले गरेका होइनन् ? दास बन्नुरहुनुको पनि सिमा हुन्छ ! जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अवैध सम्झौता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनकाविरूद्धमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !’

प्रतिक्रिया दिनुहोस्