Logo
Logo

इरान विश्वकपका लागि छनोट


1.4k
Shares

काठमाडौं । इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ ।

कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो ।

तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्