काठमाडौं । एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका स्थानीय बासिन्दा दियालोको भरमा बस्न बाध्य भएका छन् । यहाँका ४५ घरधुरीले यो समस्या झेलेका छन् ।

हुम्लाको सिमकोट गाउँपालिका–८ को यस गाउँका बासिन्दाले हप्तादिनदेखि विद्युत् सेवा बन्द हुँदा अन्धकारमा दिन कटाउँदै आएका छन् ।
विद्युत् सेवा बन्द हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता छ । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरण भएको लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द छ ।











