Logo
Logo

निर्वाचन ऐन संशोधन गर्नेबारे कानुन मन्त्रालयसँग आयोगको छलफल


2k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । स्थानीय तह निर्वाचन एैन संशोधन गर्नेबारे आयोगले मन्त्रालयसँग छलफल गर्न लागेको हो ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाका अनुसार आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको हो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने जनाएको छ । आयोगले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले सरकारले मिति तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्