Logo
Logo

‘विपदका समयमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्नु अपरिहार्य’


567
Shares

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपदका समयमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्नु अपरिहार्य रहेको बताएका छन् ।

गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विपदपछि अव्यवस्थितरूपमा बसोवास गरेका व्यक्तिलाई जग्गा दिने की आवास दिने, यसतर्फ गम्भिर हुनेपर्ने बताए ।

‘विपदपछि अव्यवस्थितरूपमा बसोवास गरेका व्यक्तिलाई जग्गा दिने की आवास दिने, यसतर्फ गम्भिर हुनुपर्छ’, मन्त्री झाँक्रीले भने, ‘जमिन दिँदै जाने हो भने खण्डीकरणले ठुलो समस्या आउनसक्छ, आयोग बनाएर जमिन दिएर गरिने काम सफल हुनसक्दैन ।’

उनले प्रभावितलाई आवाससहित रोजगारीको सुनिश्चितता गर्नु जरुरी रहेको धारणा राखे । उनले अहिले भूकम्पपछि बनाइएका एकीकृत वस्ती सफल छ की छैन भनेर अध्ययन जरुरी रहेको उल्लेख गर्दै एकीकृत वस्ती व्यवस्थापनका लागि स्पष्ट कार्यविधि आवश्यक भएको बताए ।

विपद र पुनःस्थापनका लागि पहिलो जवाफदेखि पालिकाका प्रतिनिधि हुने भएकाले यस्ता कार्यक्रममा उनीहरूलाई नै राखेर छलफल चलाउनुपर्नेमा मन्त्री झाँक्रीको जोड थियो ।

उनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उठाएका एजेण्डालाई राज्यका सबै निकायले गम्भीर भएर कार्यान्वयन गर्नुपर्ने र योजना आयोगले योजना निर्माण गर्दा विपदलाई पनि ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्