Logo
Logo

माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय


2.9k
Shares

काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीसीएमसीसीले यस अघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयअनुसार तोकिएको मिति सकिनुभन्दा एक दिन अगाडि शुक्रबार बसेको सीसीएमसीसीको बैठकले १५ दिन समय थप गर्दै माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सीसीएमसीसीले विद्यालयहरुलाई यस अवधिमा भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।

सीसीएमसीसीको सिफारिस मन्त्रिपरिषदले अनुमोदान गरेसँग उक्त निर्णय कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्