Logo
Logo

वुधबार सार्वजनिक विदा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ ।
मुस्लिम धर्मावलम्बीको पर्व ‘इद उल फित्र’ पर्वमा सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी सो पर्वमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हो।

गृहको विज्ञप्तिमा मन्त्रिपरिषदको निर्णयअनुसार सो विदा दिइएको उल्लेख छ। ‘जेठ १० को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार मुस्लिम धर्मावलम्बीको पर्व ‘इद उल फित्र’का लागि सार्वजनिक विदा दिइएको जानकारीको लागि अनुरोध छ,’ गृहको विज्ञप्तिमा उल्लेख छ। विदाअनुसार बुधबार सबै सरकारी कामकाज बन्द हुनेछन्।

पछिल्लो समय सरकारले पहिले दिइरहेका थुप्रै सार्वजनिक विदा कटौती गरेको छ। सरकारी कामकाजमा सहजता ल्याउन त्यस्ता विदा कटौती गरेको जनाइए पनि विभिन्न समुदाय र धार्मिक संघ(संस्थाहरूले विदा कटौतीमा बिरोध जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्