Logo
Logo

१० लाख लिएको आरोपमा पक्राउ परेका सइ २५ हजार धरौटीमा छुटे




काठमाडौं । अवैध गतिविधिमा संलग्न व्यापारीलाई धम्काएर १० लाख लिएको आरोप लागेका प्रहरीका सई २५ हजार धरौटीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)का सइ विष्णु ढुंगानालाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।


एक महिनाअघि सिआइबीले नै उनलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको थियो । काठमाडौं परिसरले धम्काएर अपराधिक लाभ लिएको मुद्दा चलाएको थियो । ती व्यापारीले अवैध गतिविधि गर्दै आएको थाहा पाएपछि सइ ढुंगानाले पैसा माग्दै आएको अनुसन्धानमा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्