Logo
Logo

प्रहरीले पिटी जुत्ताको सट्टा स्पोटर्स जुत्ता पाउने




काठमाडौं ।
नेपाल प्रहरीका कर्मचारीले अब पिटी जुत्ताको सट्टा स्पोटर्स जुत्ता पाउने भएका छन् । पिटी भन्दा स्पोटर्स जुत्ता प्रहरीका लागि सजिलो र आरामदायक हुने निष्कर्ष निकाल्दै प्रहरीले प्रहरी नियमावली नै संशोधन गरेर यससम्बन्धि प्रावधान हेरफेर गरेको हो ।


गत १० माघमा राजपत्रका प्रकाशित प्रहरी नियमावली अनुसूचि हेरफेरको सूचनामा पिटी जुत्ताको सट्टा स्पोटर्र्स जुत्ता दिने उल्लेख गरिएको छ । दुई वर्षमा प्रहरीले एक जोर स्पोर्टस् जुत्ता पाउँछन् ।


त्यस्तै, उनी कम्वलको सट्टा ‘मिन्क कम्बल’ दिने निर्णय पनि गरिएको छ । जून ३ वर्षमा प्रहरीले दुई थान पाउँछन् । उनी कम्वलको खासै प्रयोग नहुने भएकाले मिन्क कम्बल दिन लागिएको एक प्रहरी अधिकारीले बताए ।


अमर तथा असक्त प्रहरीका सन्ततीले सरकारी विश्वबिद्यालयमा निशुल्क शिक्षा पाउने भएका छन् । प्रहरी नियमावलीको नवौं संशोधनमा अमर प्रहरी वा कर्तव्य पालनाको सिलसिलामा असक्त भएका प्रहरी कर्मचारीका सन्ततीलाई नेपालको सरकारी विश्वबिद्यालयमा नेपाल सरकारले निर्धारण गरे बमोजिम निशुल्क शिक्षा’को व्यवस्था गरिने उल्लेख गरिएको छ ।


नियमावली संशोधनमा थपिदएका नयाँ पदहरुमा बढुवाको प्रक्रियामा गृहकार्य भइरहेको प्रहरी प्रवक्ता एसएसपी विष्णुबहादुर केसीले बताए । नियमावली संशोधन गरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्