Logo
Logo

राजदूत नियुक्तिको तयारीमा सरकार, परराष्ट्रबाट को– को छन् दाबेदार ?




काठमाडौं । सरकारले २० देशमा राजदूत नियुक्तिको तयारी गरेको छ । स्थानीय तहको चुनावको मिति घोषणा गर्नुअघि सरकारले नियुक्तिको तयारी गरेको हो । राजदूत नियुक्तिको विषयमा केही दिनयता सत्ता गठबन्धनमा छलफल हुँदै आएको छ ।


हाल राजदूतका २० पद खाली छन् । त्यसका लागि केही परराष्ट्रका सहसचिव राजदूत हुनेछन् । रिक्तमध्ये ५० प्रतिशत परराष्ट्र तथा बाँकी ५० राजनीतिक नियुक्ति गर्ने सिष्टम भएपनि पछिल्लो समय यो सिष्टम तोडिएको छ । जसकारण परराष्ट्रबाट थोरै मात्र नियुक्त हुने सम्भावना रहेको स्रोत बताउँछ ।


परराष्ट्रबाट ज्येष्ठताका आधारमा राजदूतको लाइनमा रहेका सहसचिवहरुमा निर्मल काफ्ले, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्याल, भरत कुमार रेग्मी, तेजबहादुर क्षेत्री र तिर्थ वाग्ले छन् । उनीहरुबीच राजदूत भएर राम्रो देश जाने प्रतिस्पर्धा चलिरहेको छ ।
हाल चीन, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, साउदी अरब, रुस, म्यानमार, श्रीलंका, डेनमार्क, इजिप्ट, ब्राजिल, बहराइन, इजरायल, स्पेन, ओमान, बंगलादेश, दक्षिण कोरिया, जापान, कतार र भियनामा राजदूत पद रिक्त रहेको छ । चीन, जापान, अष्ट्रेलिया, कतार, मलेसिया जस्ता देशमा भने राजनीतिक नियुक्तिबाटै राजदूत पठाउने सम्भावना रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्