Logo
Logo

१० लाख घुस लिएको आरोपमा इन्सपेक्टर पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
१० लाख रुपैयाँ घुस लिएको आरोपमा इप्रका गैंडाकोटका इन्सपेक्टर पक्राउ परेका छन् । इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।


गत बैशाख ११ गते गैंडाकोटमा भएको दुर्घटनामा उनले नक्कली चालक खडा गरेका थिए । व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । आफु जेलबाट बच्न उनले किसनु महतोलाई चालकका रुपमा खडा गरेका थिए । नक्कली चालक खडा गरेवापत उनले १० लाख रुपैयाँ लिएका थिए । यससम्बन्धि उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्