Logo
Logo

कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
कर्मचारीको प्रभावकारीता बढाउन हप्तामा दुई दिने बिदो दिने प्रस्ताव अघि बढेको छ । हाल संसदमा रहेको निजामती एैनमा कर्मचारीलाई हप्ताको दुई दिन बिदा दिने प्रस्ताव गरिएको छ । कांग्रेस सांसद गगन थापाले निजामती कर्मचारीलाई शनिबार र आइतबार बिदा दिने प्रस्ताव गरेका छन् । तर, त्यसका लागि हप्तामा ४० घन्टा काम गर्नुपर्ने व्यवस्था हुनुपर्ने पनि संशोधनमा उल्लेख छ । अर्थात् दिनमा कर्मचारीले ८ घन्टा काम गर्नुपर्ने हुन्छ । हाल सात घन्टा मात्र काम गर्दै आएका छन् ।


थापाले विधेयकको दफा ११५ को उपदफा ३ थप गरी ‘निजामती कर्मचारीका लागि साप्ताहिक रूपमा ४० घन्टा नघट्ने गरी कार्यालय समय तोक्ने र हप्ताको दुई दिन शनिबार र आइतबार बिदाको व्यवस्था हुनेछ’ राख्न माग गरेका छन् । उनले दफा ११६ थप गरी कर्मचारीलाई विशेष बिदाको सुविधाको व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् । कर्मचारी सेवाअवधिमा अनुमति लिएर बढीमा १० वर्षसम्म संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष तथा सोही प्रकृतिका अन्तर्रा्ष्ट्रिय संस्थामा काम गर्न सक्ने गरी बिदा दिने व्यवस्था गर्नुपर्ने संशोधनमा उल्लेख छ ।
धेरै देशमा हप्तामा दुई दिन विदा दिने चलन छ । तर नेपालमा भने शनिबार मात्र बिदा हुन्छ । पाँच दिन काम र दुई दिन बिदामा बस्दा काम पनि प्रभावकारी हुने र व्यक्तिगत जिन्दगी पनि खुशी हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्