Logo
Logo

संवैधानिक नियुक्तिको तयारी, बालुवाटार पुगे देउवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि छलफल अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सदस्य नियुक्तिबारे बारे छलफल सुरु भएको छ।


छलफलका लागि देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल सहभागी छन्।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश शर्माको संयोजकत्वमा गत वर्ष चैत १५ मा मन्त्रिपरिषद एक सिफारिस समिति गठन गरेको थियो। उक्त समितिले पदाधिकारी र सदस्यका लागि गरेको आह्वानअनुसार ५७ जनाको नाम सिफारिस भएको छ।

समितिमा नाम समावेश गरिएका र संस्थाले सिफारिस गरेका व्यक्ति छनोट गर्न सत्तापक्ष र प्रतिपक्षबीचमा पहिलो पटक छलफल भएको हो तर सिफारिस समितिमा आएका नाम भने टुङ्गिन सकेको छैन।
त्यस्तै अख्तियारका दुई आयुक्त पद रिक्त छन् । जसमध्ये एक पदमा कांग्रेसले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्