Logo
Logo

नक्कली पिसिआर रिपोर्ट बनाउने काठमाडौंका दुई ल्याबका कर्मचारी पक्राउ




काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले काठमाडौंका दुई ल्याबका कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले कौशलटारस्थित नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रसन्न कुमार झा, कान्तिपुर अस्पतालको ल्याबमा काम गर्ने माधव मैनाली, धनुषाका रोशन कुमार छिट्टान र नागेन्द्र यादबलाई पक्राउ गरेको हो ।


नागरिक कम्युनिटी अस्पतालका ल्याब सञ्चालक भावेश मिश्र तथा कान्तिपुर अस्पतालका ल्याब सञ्चालक निर्मल गिरी फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई चार वटा नक्कली पिसिआर रिपोर्टसहित पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । स्वाब नै नलिई बिदेश जानेहरुको क्रममा उनीहरुले पिसिआर निगेटिभको रिपोर्ट तयार गरिदिने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्