Logo
Logo

जब जवानले ‘असइ’लाई पक्राउ गरे




काठमाडौं । जोर–बिजोरको नियम पालना गराउन उपत्यकामा प्रहरीले विभिन्न ठाउँमा चेकप्वाइन्ट राखेको छ । भद्रकालीमा पनि चेकप्वाइन्ट छ ।


जहाँ बुधबार चेकिङको क्रममा रमाइलो घटना भयो । बिजोर गते एक व्यक्ति जोर नम्बरको मोटरसाइकल चढेर आए । प्रहरी जवान लालु प्रसाद यादबले उनलाई रोके । ती व्यक्तिले आफु असई भएको बताए । तर, परिचय देखाउन आग्रह गर्दा देखाउन सकेनन् ।


झोलामा भने असईको यूनिफर्म बोकेर हिडेका थिए । शंका लागी उनीमाथि छानबिन गर्दा नक्कली असई भएको खुलेको छ । सूर्यबिनायक घर बताउने ती व्यक्ति सोनाम तामाङ भएको र उनीसँग आठ वटा पासपोर्ट समेत बरामद भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । यूनिफर्म भेटिएकाले त्यो कहाँ खरिद गरे भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्