Logo
Logo

ब्रिङ मिडियाद्वारा १८ करोड कर छली, चार सञ्चालकविरुद्ध मुद्दा दायर




काठमाडौं । आइटीसम्बन्धि व्यापार गर्ने ब्रिङ मिडिया ण्ड डिस्ट्रिब्यूसन प्रालिले १८ करोड कर छली गरेको खुलेको छ । राजश्व अनुसन्धान विभागले सो कम्पनीविरुद्ध कर छलीको मुद्दा उच्च अदालतमा दायर गरेको छ ।


सञ्चालकहरु चन्द्रबहादुर अधिकारी, अञ्जली अरोरा, सुमन क्षेत्री र सुरेन्द्र क्षेत्रीविरुद्ध विभागले मुद्दा दायर गरेको हो । उनीहरुमध्ये चन्द्रबहादुर मुख्य सञ्चालक हुन् । भारतीय नागरिक अरोरा जुपिटर मिडिया, भारतकी प्रापाइटर हुन् ।
सो कम्पनीले विभिन्न फर्म÷कम्पनीहरु बस्तु तथा सेवा वेगरको कर विजक मात्र लिई, आफूले ब्यवसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने ब्यवसायिक आयलाई लुकाई छिपाई बास्तविक कारोबारमा समावेश नगरी, ब्यवसायिक कारोबारका लागि प्रा.लि. को नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने बास्तविक कारोबार नदेखाई र नपाउने खर्च समेत दावी गरी मूल्य अभिबृद्धि कर तर्फ क्रेडिट दाबी र आयकर तर्फ खर्च दाबी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छली गरेको विभागले जनाएको छ । कम्पनीविरुद्ध ३६ करोड ५५ लाख ६७ हजार पाँच सय चार रुपैयाँ बिगो कायम गरि विभागले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्