Logo
Logo

भर्ना भएको १६ वर्षपछि सशस्त्रका ५६ इन्सपेक्टर डिएसपी बन्दै




काठमाडौं । पद रिक्त भएको महिनौंपछि सशस्त्र प्रहरीमा इन्सपेक्टरबाट डिएसपी बढुवाको प्रक्रिया सुरु भएको छ । बढुवा समितिले शुक्रबार बढुवाका आकांक्षीहरुलाई सात दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न सूचना जारी गरेको छ ।
सशस्त्र प्रहरीमा डिएसपीका ५७ पद रिक्त छन् । यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना इन्सपेक्टर डिएसपी हुने भएका छन् ।

सशस्त्र प्रहरीको सिसं ६, २०६२ सालमा भर्ना भएको टोली हो । जून ब्याचका अधिकृतहरु १६ वर्षदेखि एउटै पदमा छन् । सो ब्याचमा ८३ जना भर्ना भएका थिए । जसमध्ये ५६ जना मात्र हाल बढुवा हुने भएकाले २७ जना अझै छुट्ने भएका छन् । एसपीका ११ पद रिक्त छन् । रिक्त पदमा डिएसपीको बढुवा गरेर इन्सपेक्टर बढुवा गरेको भए थप ११ जना बढुवा हुने थिए । तर, एसपी पदमा बढुवा रोकेर डिएसपीमा प्रक्रिया अघि बढाइएको छ । जसकारण ५६ सिटमा ८३ जनाको प्रतिस्पर्धा हुने देखिन्छ ।


त्यस्तै, लेखातर्फ एक डिएसपी पदमा पनि बढुवा प्रक्रिया अघि बढाइएको छ । जसमा सिसं ४ का राजकुमार ढकाल प्रत्याशी हुन् । तर, हेडक्वार्टरको लेखामा बसेर अकुत कमाएका इन्सपेक्टर गणेश मल्ल पनि त्यसका लागि दौडधुपमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्