Logo
Logo
साहित्य

हे ! बादल



थाकेको बादल
जब आराम खोज्छ
उसले टुट्नु पर्दछ
अविरल नीर झार्नु पर्दछ
आफ्नो अस्तित्व सक्नको लागि

धरतीमा हाम्रो अस्तित्व जोगाउने
हे ! बादल
तिम्रो अर्को यात्रा अझ सुरम्य होस्
मेरो यात्राको नसुनिएको आवाज
तिमीमै समाविष्ट होस् !
तिम्रो नीर बनेर
झरेको प्रत्येक बुँदले
मेरै माटोलाई सुनाओस्

प्रतिक्रिया दिनुहोस्