काठमाडौं । सोमवारबाट काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा लगाइने भएको छ । महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि सोमवार देखी फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन हुने छ ।
जिल्ला खोप समन्वय समिति काठमाडौंको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ ।














