Logo
Logo

इन्भेष्टमेन्ट बैंकको ‘गज्जब खाता’




काठमाडौैं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापना दिवसको अवसरमा आकर्षक मुद्दती खाता सञ्चालमा ल्याएको छ । ३६ औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको हो ।


यो योजना अनुसार निक्षेप रकम २० वर्षमा निक्षेपकर्ताले ६ गुणा प्रतिफल पाउनेछन् । हाल बैंकमा एक लाख जम्मा गरेमा २० वर्षपछि ६ लाख रुपैयाँ पाउनेछन् । न्यूनत १० हजार मा जुनसुकै उमेर समूहका व्यक्तिले खाता खोल्न सक्ने बैंकले जनाएको छ । यस्तो मुद्दती खाता खोल्नेले निशुल्क क्रेडिट कार्ड पाउनेछन् । सावाँ र तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने सुविधा समेत बैंकले दिएको छ । ‘भविष्यमा आफ्ना ग्राहकवर्गहरूलाई आइपर्ने आर्थिक व्ययभार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ,’ बैंकको बिज्ञप्तीमा भनिएको छ ।


बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहेको इन्भेष्टमेन्ट बैंकको ८८ शाखा छन् , त्इसतै, ३१ विस्तारित काउन्टर, ५८ वटा शाखारहित बैंकिङ, तथा एक सय ३१ वटा एटिएम बुथमार्फत बैंकले सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्