Logo
Logo

यस्ता छन् कालो अंगुर खानुका फाइदा



काठमाडौं । कालो अंगुर स्वादिलो फलफूल हो । यो धेरे गुलियो हुने भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

अंगुर खानाले अनेकौं रोगबाट जोगाउँने काम गर्छ । रोगको बारेमा यहाँ चर्चा गरिन्छ ।


१ कोलेस्ट्रोल नियन्त्रण गर्छ : कालो अंगुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।

२ रक्ताल्पता : शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेटमा कालो अंगुर खानु राम्रो हुन्छ । यसले रगतको मात्रा बढाउने काम गर्छ ।
३ हृदयघात : हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनु राम्रो मानिन्छ ।

४ क्यान्सर : अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

५ रक्तस्राव : शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनाले रगतको क्षतिपूर्ति हुने गर्छ ।

६ फोकाफोकी अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि यसले सहायकको रुपमा काम गर्छ ।

६ स्मरणशक्ति बढाउँछ : कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।

७ इन्सुलिन बढाउँछ : कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ ।

८ कपाल : यसमा भिटामिन ईको मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फादा पुर्याउँछ । कपाल झर्नबाट रोक्नुका साथै राम्रो समेत बनाउँछ ।

९ तौल घटाउन : कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।
१० माइग्रेन : माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा केही कम हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्