Logo
Logo

१५ जनप्रतिनिधीलाई पदमुक्त गर्न कांग्रेस कैलालीद्वारा सिफारिस



धनगढी । नेपाली कांग्रेस कैलालीले कैलालीको टीकापुरका तीन जना वडा अध्यक्षसहित १५ जनप्रतिनिधीलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारीस गरेको छ ।

तीन जना वडा अध्यक्षसहित १५ जनप्रतिनिधीले काँग्रेस दल त्यागी हाल अन्य राजनीतिक दलमा पार्टी प्रवेश गरेकाले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्न र जनप्रतिनिधी समेत रहेको पद खारेजीको माग गर्दै काँग्रेस कैलालीले निर्वाचन आयोगलाई सिफारिस पत्र पठाएको छ ।

नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार प्रमुख नृपबहादुर सुनारले साधारण सदस्य समेत नरहने र स्थानीय तहको पद समेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको जानकारी दिए । नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार प्रमुख सुनारका अनुसार कैलालीको टीकापुर वडा नम्बर १ का वडा अध्यक्ष लालबिर चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का वडा अध्यक्ष रामशंकर डगौरा थारुको पद खारेज गर्न सिफारिस पत्र पठाइएको हो ।

यस्तै, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का वडा सदस्य बिना थारु, वडा नम्बर ३ वडा सदस्य भागिदेवि कामी, वडा नम्बर ४ वडा सदस्य तुलसा देवि बिक वडा नम्बर ४ वडा सदस्य प्रेमलाल चौधरी, वडा नम्बर ४ वडा सदस्य रुपमति डगौरा थारु, वडा नम्बर ५ वडा सदस्य बलबरि थारु (चौधरी), वडा नम्बर ५ वडा सदस्य कन्हैया चौधरी, वडा नम्बर ५ वडा सदस्य आशा थारु, वडा नम्बर ५ वडा सदस्य सरिता भुल, वडा नम्बर ६ वडा सदस्य रामशंकर चौधरी, वडा नम्बर ६ वडा सदस्य जमुना चौधरीलाई पदमुक्तका लागि निर्वाचन आयोगमा सिफारिस पठाएको छ ।

नेपाली काँग्रेस कैलालीले टीकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्र अनुसार जिल्लाका कार्यवहाक सभपति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस गरी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्