Logo
Logo

अख्तियारमै काम गरेका इन्सपेक्टर घुससहित समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय, रन्यौराका प्रहरी निरीक्षक केशव बहादुर बस्नेत १५ हजार घुस रकम सहित पक्राउ परेका छन्। अख्तियारको टोलीले बस्नेतलाई बिहीबार साँझ घुस सहित पक्राउ गरेको हो। इन्सपेक्टर बस्नेत केही वर्ष पहिले अख्तियारमै काम गरेका अधिकृत हुन् ।


बस्नेत सेवाग्राहीसँग सिसै नाकाबाट बालुवा गिट्टी ढुवानीमा सहज बनाउने भन्दै घुस लिदा पक्राउ परेको हुन्। सेवाग्राहीसँग घुस लिदै गर्दा बस्नेत नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्