Logo
Logo

के विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिन लागिएको हो ?




काठमाडौं । सोमबार केही सञ्चारमाध्यममा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिन लागिएको समाचार आएपछि सुरक्षा निकायमा तरंग उत्पन्न भयो । गृह मन्त्रालयले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना २०७८ मा यस्तो प्रावधान राखिएको भन्दै समाचार आएको छ ।


यो समाचारले सशस्त्र प्रहरीका कर्मचारी उत्साहित भएका छन् भने नेपाल प्रहरीका कर्मचारीले आफ्नो अधिकार खोस्न लागिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । गृह मन्त्रालयका अनुसार प्रहरीको जिम्मेवारी खोसेर सशस्त्र प्रहरीलाई दिने कुनै योजना छैन, त्यो बुझाईमा समस्या भएको हो । खासमा विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिने नभई आकस्मिक अवस्थाका लागि विमानस्थलमा सशस्त्र प्रहरी राख्न लागिएको हो । कुनै आगजनी, दुर्घटना जस्ता घटना भएमा उद्धारका लागि भनेर अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी राख्ने योजना मन्त्रालयले बनाएको हो । नेपाल प्रहरीले विमानस्थलमा नियमित शान्ति सुरक्षाको काम हेर्ने र आपतकालिन अवस्थाका लागि सशस्त्र प्रहरी ब्याकअपमा राख्न लागिएको हो । त्यही विषयलाई लिएर गलत हल्ला फैलाएर दुई सुरक्षा निकायबीच विवाद झिक्न खोजिएको गृहका एक अधिकारी बताउँछन् ।


गृह प्रशासन सुधार कार्ययोजनाको बुँदा नम्बर १०५ मा यससम्बन्धि प्रस्ताव छ । यस्तो छ सो प्रस्तावः

विगतदेखि नै सशस्त्र प्रहरीले विमानस्थलमा आफ्नो उपस्थिती माग्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सशस्त्र प्रहरीको गणलाई विमानस्थलभित्र राख्ने प्रयास पनि चल्नै आएको छ । विमानस्थलमा सशस्त्र प्रहरी पनि खटाउने तयारी भएपछि अहिले नेपाल प्रहरीकै जिम्मेवारी खोस्न लागिएको आशंका भएको हो ।

प्रतिक्रिया दिनुहोस्