Logo
Logo

यस्ता रोग भएका बिरामीले अदुवा खानु हुँदैन



काठमाडौं । अदुवालाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएको पाइन्छ । यसलाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट समेत जोगाउँने गर्छ । अदुवालाई अंग्रेजीमा जीन्जर भनिन्छ । हाम्रो भान्छामा नछुट्ने र औषधीको गुण भएको अदुवाका फाईदा धेरै छन् ।


रुघाखोकी लाग्दा, दम र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दुखेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास गनाउने समस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।

तर विभिन्न यस्ता केहि रोग वा समस्या भएकाहरुले अदुवा खानु नहुने चिकित्सकहरु बताउँछन् ।
१ अदुवा खादा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बिरामीहरुले पनि अदुवा खानु हुँदैन ।

२ पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।

३ महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।

४ उच्च रक्तचापका बिरामीले पनि अदु्वा खानू हुँदैन ।

५ गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । गर्भवती भएको पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।

६ तौल बढाउन चाहनेले पनि अदुवा खानु हुँदैन ।

७ औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ

प्रतिक्रिया दिनुहोस्