Logo
Logo

नक्कली इन्सपेक्टर सक्कली डिएसपीको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ ।
आफू इन्सपेक्टर भन्दै धम्काउने एक युवक पक्राउ परेका छन् । काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेललाई प्रहरीले पक्राउ गरेको हो ।


लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार छन् । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनीहरुले जेठ २१ गते सडक पेटीमा हिँड्दै गरेका बल बहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार बनाएर कुटपिट गरी अभद्र व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी काफ्लेले बताए । अन्य व्यक्तिहरुलाई पनि उनीहरुले आफूहरु प्रहरी भन्दै धम्काउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्