Logo
Logo

डिआईजी सरुवामा सरकारलाई सकस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ ।
नेपाल प्रहरीमा डिआईजी सरुवाको दौडधुप बढेको छ । सम्भवतः आज नै सरुवाको निर्णय हुने सम्भावना छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा जाने भएकाले त्यसअघि नै डिआईजीको सरुवा हुन लागेको छ । प्रदेशमा कार्यरत डिआईजीहरुको एक वर्षे कार्यकाल पुगेकाले सरुवा हुन लागेको हो ।


तर, सबै धेरै डिआईजी प्रदेश प्रमुख भएर जान चाहने भएकाले निर्णय गर्न समस्या भएको छ । प्रदेश १, प्रदेश ३ र गण्डकी प्रदेशका प्रहरी प्रमुखको एक वर्षको अवधि पुगिसकेको छ । तर, अन्य प्रदेशका इन्चार्जहरु समेत फेरिने सम्भावना छ । त्यस्तै महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि हेरफेरको तयारी भइरहेको स्रोत बताउँछ ।
प्रदेश इन्चार्जको रुपमा जान चाहने डिआईजीहरुमा ठाकुर ज्ञवाली, तारिणी लम्साल, सूर्य उपाध्याय, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, प्रद्युम्न कार्की, नारायणसिंह खड्का, बिनोद शर्मा घिमिरे, शेरबहादुर बस्नेत लगायत छन् । सबैले नेताहरुमार्फत पावर लगाइरहेका छन् । त्यस्तै प्रदेश २ का डिआईजी हरि पाल, प्रदेश ५ का पिताम्बर अधिकारी तथा कर्णाली प्रदेशका डिआईजी महेशबिक्रम शाह एक वर्ष अवधि नपुगी आफूहरुको सरुवा नगर्न शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्