Logo
Logo

सशस्त्रमा बढुवा अलपत्र



काठमाडौं । लामो समयदेखि सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया अघि बढेपनि फेरि अवरुद्ध हुन पुगेको छ । बढुवाको चलखेल हुँदा बढुवा हुन नसकेको हो ।

बढुवाका लागि अस्पतालतर्फ रिक्त चार डिएसपीको पदमा सूचना प्रकाशन भएको एक महिना भइकसकको छ । तर, बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । रिक्त पदमा एमडी गरेका चिकित्सक बढुवाका दाबेदार हुन् । तर, नर्सलगायत अन्यलाई सो पदमा बढुवा हुने दौडधुपमा लागेपछि निर्णय हुन सकेको छैन ।

चिकित्सक र नर्सको ज्येष्ठतालाई कुन आधारमा मूल्याङकन गर्ने भन्ने सिष्टम छैन । नेपाली सेनामा चिकित्सकको चार वर्ष बराबर नर्स तथा अन्य स्टाफको चार वर्ष हुने प्रावधान छ । सशस्त्रमा यससम्बन्धि प्रष्ट नियमावली नहुँदा बढुवामा विवाद भएको हो । यस्ता विवादमा सशस्त्र प्रहरी महानिरीक्षकले कमाण्ड राम्रोसँग गर्न नसक्दा पनि बढुवा रोकिएको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् ।

त्यस्तै, इन्सपेक्टरबाट डिएसपी बढुवाको लागि पनि बैठक बस्न सकेको छैन । दुई साताअघि नै डिएसपी बढुवाका लागि सूचना प्रकाशन भएको थियो । सशस्त्रमा डिएसपीका ५७ पद रिक्त छन् । जसमा सिंस ६ का टोली बढुवाका प्रतिस्पर्धी हुन् । २०६२ सालमा भर्ना भएका इन्सपेक्टरहरु बल्ल बढुवा हुन लागेका थिए । तर, चलखेलले निर्णय हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्