Logo
Logo

टेलिभिजनमा भ्रष्टाचार


1.8k
Shares

काठमाडौं । नेपाल टेलिभिजनमा कहिले नसुल्झने रोग बनेको छ, स्याटलाइट भाडा प्रकरण । स्याटलाइट भाडामा लिँदा भएको भ्रष्टाचारको विषयमा पटक–पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा पर्दासमेत कारबाही हुनसकेको छैन ।

दृष्टिलाई प्राप्त रिपोर्टअनुसार सन् २००५ देखि सन् २०२१ सम्म नेपाल टेलिभिजनले थाइकमसँग स्याटलाइट भाडामा लिँदा ३५ करोड २० लाख १७ हजार ९ सय रुपैयाँ कमिशन मात्र बाँडिएको छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेझै अध्यक्ष, महाप्रबन्धक जो आए पनि यो घोटालामा डुबेरै गएका छन् ।

अहिले पनि स्याटलाइट भाडामा लिन टेण्डर आह्वान गरिएको छ । तर, टेलिभिजनकै स्याटलाइटविज्ञ विष्णुराम न्यौपानेलाई मूल्यांकन कमिटीमा राखिएको छैन । थाइकमबाट आउने कमिशनलाई निरन्तरता दिन चिन्तामणि बराल, सुरज थापा, गोपालप्रसाद दाहाल र गोविन्द धितालको समूहले चलखेल गरेको कुरा त नवनियुक्त कार्यकारी अध्यक्ष समिरजंग शाहको स्वागत समारोहमै उठ्यो ।

अध्यक्ष शाहका लागि स्याटलाइट भाडा प्रकरण अग्निपरीक्षा भएको छ । उनले स्याटलाइट भाडामा लिँदा भएको भ्रष्टाचारलाई नियन्त्रण गर्न सके भने नेपाल टेलिभिजनलाई धेरै फाइदा हुनेछ र कमिशनखोर कर्मचारीहरु तिल्मिलाउने छन् । होइन भने, स्याटलाइट कमिशन शाहका लागि पहिलो गाँसमै ढुंग बन्ने छ ।

स्मरणरहोस्, सन् २००५ देखि सन् २०२२ जुलाइसम्मका लागि टेलिभिजनले प्रति ९ मेगाहर्जका लागि प्रतिमहिना ३ हजार ४९० अमेरिकी डलर तिर्दै आएको छ । जबकि अन्य निजी क्षेत्रका टेलिभिजनहरुले १२ सय अमेरिकी डलरमा भाडा तिरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्