Logo
Logo

पार्टी कार्यालय दिए वापत राजदूत ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ जेठ ।

सरकारले गत बिहीबार चार देशका लागि राजदूत सिफारिस गरेको छ। विगतमा जस्तै यसपटकको राजदूत सिफारिस पनि विवादमुक्त भने हुन सकेको सकेन । चलखेलको आधारमा राजदूत नियुक्त गरेको आरोप लागेको छ ।

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भागबन्डा गरेर परराष्ट्र सेवा बाहिरका चार जनालाई राजदूत सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कतार र स्पेन, दाहालले अष्ट्रेलिया र नेपालले बंगलादेशका राजदूत भागबन्डा गरेका हुन्। जसअनुसार महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) राजदूत सिफारिस भएका छन्।
उनीहरुमध्ये दाहाल केही महिनाअघि मात्र नेकपा प्रवेश गरेका थिए । उनले विगतमा कांग्रेसमा थिए । कांग्रेसकै कोटामा नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त भएका थिए । प्रचण्डको गृहनगर चितवनका बासिन्दा हुन् । प्रचण्डकै सिफारिसमा उनी राजदूत भएका हुन् ।
राजदूत सिफारिस भएकी

दावाफुटी शेर्पा

सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन्। ३४ वर्षकी उनी राजदूत नियुक्त भएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको पारिवारीक सम्बन्धले प्रधानमन्त्रीले दावाफुटीलाई राजदूत सिफारिस गरेका हुन्।
उनी अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए। सोही वापत उनले राजदूत हुन पाएको चर्चा परराष्ट्र मन्त्रालयमा छ ।
नारद भारद्वाज यसअघि कोरियाका लागि राजदूत सिफारिस भएकोमा सरकार परिवर्तन गरेपछि संसदीय सुनुवाईमा पठाइएको थिएन । डा. मिश्र पूर्व स्वास्थ्यमन्त्री हुन् ।
पार्टीका नेता र पैसाका आधारमा यसपटक राजदूत नियुक्त भएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्