काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको छलफलले यस्तो निर्णय गरेको हो ।

बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले पत्रकारहरुसँग भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’
यसअघि तीन दलको छुट्टै बैठक बसेको थियो । प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको शीर्ष नेताहरुको बैठकले अडान नछाड्ने निर्णय गरेका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यथास्थितिमा एमसीसी स्वकार्न नकिने बताउँदै आएका छन् । पाँचदलीय गठबन्धनमा एमसीसीबारे तिव्र मतभेद रहँदै आएको छ ।











