काडमाडौ । आज सर्वोच्च अदालतको पूर्ण बैठक बस्दैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् ।

सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच भएको छलफलले शुक्रबारका दिन सर्वोच्चको पूर्ण बैठक राख्ने निर्णय गरेको थियो ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार आजको बैठकको मुख्य एजेण्डा नै न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यन्वयनको विषय रहेको छ ।
साथै, बैठकमा वर्तमान परिस्थितिले न्यायापालिका सञ्चालन तथा न्यायालय शुद्धिकरणका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनको कार्यन्वयनका सन्दर्भमा छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम् न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।











