काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीकै कारण गठबन्धन फुट्ने सक्ने बताएका छन् ।
शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सत्तारुढ पाँच दलबीच एमसीसीमा कुरा नमिले गठबन्धन रहने अवस्था टर्ने बताए । उनले भने, ‘हाम्रा बीचमा कुरा मिलेर, हामी सँगै हिँड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन भने सँगै हिँड्न सक्दैनौँ ।’

महामन्त्री थापाले प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको बताउँदै अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए ।
उनले एमसीसीको भारी कांग्रेसलाई मात्र बोकाउने प्रयास गठबन्धनबाट भएको बताउँदै भने, ‘एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ ।’
उनले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने बताए ।











