काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले आयोजक ओमानमाथि सानदार जित निकालेको छ । मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो ।
एक सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा १० विकेट गुमाउँदै ७८ रनमा समेटिए । खराब ब्याटिङ गरेको नेपालले सानदार बलिङ गरेको थियो ।

ओमानले २५ रन जोड्दा तीन विकेट गुमाएको थियो । ओमानका कश्यप प्रजापतीले शून्यमा पवेलियन फर्किएका थिए ।
ओमानको लागि नसिम खुशीले २४ रन बनाएर आउट भए । उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।
जितेन्द्र सिंह र अमिर कालिमले ९/९, खवार खलीले ७, आयान खानले ३, कप्तान जिशान मकसुदले २ रन मात्रै बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिएका छन् । यता, कमलसिंह ऐरी, अभिनाष बोहोरा र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
नेपालको लागि आरिफ शेखले ३७ बलमा दुई चौकासहित ३८ रन बनाएका थिए । कप्तान सन्दीप लामिछानेले सात बलमा एक चौका र एक छक्कसहित अविजित १६ रन बनाएका थिए भने अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
ओपनर आसिफ शेख ४ रन र कुशल भुर्तेलले ५ रनमा आउट भएका थिए । त्यसपछि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंहले ऐरीले तेस्रो विकेटका लागि २१ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्लले १५ रन जोडे भने दीपेन्द्रसिंह ११ रन बनाएर आउट भएका थिए ।
ओमानका अलीले तीन विकेट लिकेट लिएका थिए भने खानले दुई विकेट लिएका । बट र मक्सूदले एकरएक विकेट लिएका थिए ।











