Logo
Logo

मुख्यमन्त्री राईद्वारा प्रजातन्त्र दिवशको शुभकामना



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रजातन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शनिबार फागुन ७ गते प्रजातन्त्र दिवशको अवसरमा सन्देशमार्फत देश विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘जनताको बलिदानीपूर्ण संघर्षमार्फत जहानियाँ निरंकुश राणा शासनको अन्त्य भई लोकतन्त्रको प्रक्रियामा अघि बढेको आज ‘फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस’को ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र, जनाधिकार, न्याय, समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । यस अवसरमा जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।’

मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणा शासन अन्त्य भई प्रजातान्त्रिक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको आजको दिन आधुनिक नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्व रहेको भन्दै सन्देशमा भनेका छन् ‘आजको दिनलाई नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्नेतर्फ मार्ग खुलेको दिनको रुपमा पनि स्मरण गरिन्छ । बेग्लाबेग्लै परिघटना भए पनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले यसको खास महत्व रहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरुप बदलिएर नेपाल अहिले संघीय गणतन्त्र नेपाल भएको छ । नेपालमा युगान्तकारी परिवर्तनका लागि धेरैले आफूलाई संघर्षमा समाहित गरेका छन् । राणा शासन सुरु हुनुअघिदेखि राणा शासनविरुद्धका आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन, पछिल्लो गणतान्त्रिक आन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायतका आन्दोलनहरूमा हजारौं नेपाली जनताले ज्यान गुमाएका छन्, सहादत प्राप्त गरेका छन् । ती महान सहिदहरूको त्याग र बलिदानको परिणामस्वरुप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, संघीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको छ ।’

प्रतिक्रिया दिनुहोस्