Logo
Logo

मधेस



कहिले लाग्ला मीन पचास भन्दै कुरेको ध्यानमा
जङ्गल बिचको सुन्दर मधेस जाडोको याममा

पचास दिनको त्यो ठकठकीमा माछा नै कामेको
छुट्टीको सुरु, ओरालो ठाडो, मधेस गएको

डोकोको नाम्लो टाउकोमा टोपी भरियाको काँधमा
चढेको डोको त्यो बालक हेर्छ हरियो डाँडामा

गिरीको छेउ, चित्लाङ झरी, पुगेको भीमफेदी
एकराते बासमा प्रकृति छटा बनेको मेहदी

प्रतिक्रिया दिनुहोस्