Logo
Logo

फिलिपिन्ससामु नेपालद्वारा २१९ रनको लक्ष प्रस्तुत, कुशल भुर्तेलको शतकीय योगदान


1.5k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको लक्ष प्रस्तुत गरेको छ । फिलिपिन्ससामु विशाल लक्ष प्रस्तुत गर्ने क्रममा कुशल भुर्तेलले शतकीय योगदान गरेको छन् । यो उनको करियरको पहिलो शतक हो ।

खेलमा कुशलले अविजित १०४ रन बनाउँदा नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे गर्दा दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाउँदै फिलिपिन्ससामु नेपालले विशाल लक्ष प्रस्तुत गरेको हो ।

आजकै खेलमा कुशलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा अर्धशतकको संख्या पाँच पुर्याएका छन् । यो सँगै भुर्तेलले पूर्वकप्तान पारस खड्काको रेकर्ड पनि तोडेका छन् ।

पारसले अन्तर्राष्ट्रिय टी–ट्वेण्टीमा चार वटा अर्धशतक प्रहार गरेका थिए । कुशल भुर्तेलले २०७८ सालको बैशाखमा नेदरल्याण्ड्सँग काठमाण्डौमा भएको त्रिदेशीय श्रृङ्खलाको क्रममा चारवटा अर्धशतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्