Logo
Logo

मैले चाहेको भए राप्रपा फुटाउन सक्थेँ : कमल थापा


1.6k
Shares

काठमाडौं । ‘राप्रपा नेपाल’का अध्यक्ष कमल थापाले आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण सो पार्टीलाई नफुटाएको दाबी बताएका छन् ।

शनिबार नयाँ पार्टीको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको दावी गरे । कार्यक्रममा थापालाई राप्रपा नेपालको अध्यक्ष घोषणा गरिएको छ ।

अध्यक्ष घोषित भएपछि उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’ उनले पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने कुरामा आफूलाई विश्वास नराख्ने समेत बताए ।

धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन् । केही समयअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशना राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पूर्वराजा र निर्मल निवासले हराएको भन्दै पार्टीमा छानबिन गर्न माग गरेका थिए भने केही दिनअघि थापाले हेटौंडा पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

गत आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्