काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई ‘गिद्ध’को संज्ञा दिएका छन् ।
शनिबार भक्तपुरको सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनलाई ‘गिद्ध’जस्तै भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? एउटामात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँचवटा गिद्ध बसेका छन् ।’
उनले अहिलेको तिकडमबाजी सरकार धेरै नटिक्ने समेत बताए । देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प रहेको बताउँदै भने, ‘देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’ उनले एमालेको सरकार बनेपछि देशमा फेरि समृद्धिको लहर आउने दावी गरे ।











