
काठमाडौं । टि–२० विश्वकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्ध नेपालले सहज जित हात परेको छ। नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेकाे छ ।
फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे ।
आजको खेलमा फिलिपिन्सलाई हराएसँगै नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।
दुई खेलबाट चार अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा उक्लेको छ ।











