काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरूले परिकल्पना गरेको राष्ट्रियता र एकताको प्रतीकको रूपमा संविधानभित्र रहने सेरेमोनियल राजसंस्थाको मान्यतामाथि आघात भएको बताएका छन् ।
शनिबार नयाँ पार्टी राप्रपा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था राजनीतिभन्दा माथि उठेको अभिभावक नबनेर एउटा दलभित्र गुट र व्यक्ति पक्षपोषण भएको आरोप लगाउँदै यस्तो बताएका हुन् ।

‘एकता महाधिवेशनमा अध्यक्ष पदमा हा¥यौँ । हामीले स्वीकार ग¥यौँ । नवनिर्वाचित अध्यक्षलाई मैलै शुभकामना दिएँ, मैले यतिमात्र अनुरोध गरेँ’ अध्यक्ष थापाले भने, ‘राप्रपाको आन्तरिक मामिला जुन संस्थाप्रति हामी आस्था राख्छौँ त्यसको हस्तक्षेप भएको छ । त्यसका कारण पार्टीले यो विषयको निराकरण गर्नुपर्छ भनेर अनुनय विनय गरेँ । तर, त्यसलाई नजरअन्दाज गरियो, रद्दीको टोकरी बनाइयो ।’
उनले एकपक्षीय ढंगबाट पार्टी सञ्चालन गर्ने काम भएको समेत आरोप लगाएका छन् । आफूहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउने र पार्टीबाट धकेलेर पर पु¥याउने परिस्थितिको निर्माण गरिएको बताउँदै भने, ‘राप्रपा सैद्धान्तिक रूपमा विचलित भएको छ ।’
अध्यक्ष थापाले आफूले चाहेको भए राप्रपा फुटाउन सक्ने बताउँदै भने, ‘तर, गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण पार्टी फुटाइनँ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’











