Logo
Logo

रोल्पामा बस दुर्घटना, दुईको मृत्यु, २६ घाइते



रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार भएको बस दुर्घटनामा परी दुईको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् ।

रोल्पाको सुलीचौरबाट जुतुङखोलातर्फ यात्रु लिएर गएको ग१ख ५५२१ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा सोही बसका चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले र रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महीने नाबालक नितेश विक रहेको प्रहरीले जनाएको छ ।

उकालो चढ्दै गरेको उक्त बसको टायर चिप्लिँदा दुर्घटना भएको थियो । बसमा सवार २८ यात्रुमध्ये १४ जनालाई सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको बताइएको छ । बसमा सवार अन्य १२ यात्रु भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्